HomeFeatureकाठमाडौंको रत्नपार्कमा राष्ट्रिय विभूति शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण

काठमाडौंको रत्नपार्कमा राष्ट्रिय विभूति शंखधर साख्वा र पद्मरत्न तुलाधरको शालिक अनावरण

काठमाण्डौ,21 नोवेम्बर 2020

राष्ट्रिय विभूति शंखधर साख्वा र प्रजातान्त्रिक आन्दोलनका सुत्राधार पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ। सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  ‘शंखधर उद्यान’ मा निर्माण गरिएको शाख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो । शालिक अनावरणपछि सहरी विकासमन्त्री श्रेष्ठले शाख्वा र तुलाधर दुबै ईतिहास पुरुष भएको बताउनुभयो । नेपाल सम्वतलाई राष्ट्रिय संवतका रुपमा स्थापित गर्नु भन्नेमा कसैले पनि विमति नराख्ने उल्लेख गर्दै उहाँले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी वामपन्थी आन्दोलनका अगुवा तुलाधर र प्राजातान्त्रिक आन्दोलनका अगुवा शंखधर साख्वाको शालिक निर्माण हुनु इतिहासको सम्मान भएको बताउनुभयो।

महानगरपालिकाका प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्तिहरुलाई विर्सन चाहेर पनि विर्सन नसकिने बताउनुभयो। उपत्यकाबासीका लागि शंखधर र पद्मरत्न सबै मनमुटुमा रहेको उल्लेख गर्दै मेयर शाक्यले उहाँहरुलाई सधै सबैले चिन्न र देख्न सकुन भन्नेर उहाँहरुको सम्मान पार्कभित्र शालिक निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालल, सहरी विकास राज्यमन्त्री रामविर मानन्धर, महानगर उपप्रमख हरि प्रभा खड्गी पनि सहभागि हुनुहुन्थ्यो । पछिल्लो समय विगतमा राजा र रानीहरुका नाममा रहेका संरचनाहरुलाई भत्काएर राष्ट्रिय व्यक्तित्वहरुको नामबाट नामाकरण गर्ने प्रचलन बढेको छ । त्यसैअनुसार लामो समयदेखि रत्नपार्कको नामले चिनिएको पार्कको नाम राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट नामाकरण गरी आज साख्वा र तुलाधरको शालिक अनावरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...