HomeFeatureकाठमाडौं,तराई,मधेश दू्रतमार्ग जग्गाको मुआब्जा विवाद छिट्टै समाधान गर्ने,संसदीय समितिको आश्वासन

काठमाडौं,तराई,मधेश दू्रतमार्ग जग्गाको मुआब्जा विवाद छिट्टै समाधान गर्ने,संसदीय समितिको आश्वासन

काठमाडौं, 9 अगस्त, 2021

संसदीय समितिले काठमाडौं–तराई÷मधेश दू्रतमार्ग अन्तरगत देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको उपसमितिले सोमबार सो आयोजनाको खोकना–बुङमती क्षेत्रको स्थलगत अनुगमन गरेपछि त्यहाँ देखिएको जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको हो । समितिका सदस्य गणेशकुमार पहाडीले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र समस्या समाधानका लागि सरकारले गठन गरेको समितिसँग पनि छलफल गरी सो क्षेत्रको जग्गाको मुआब्जासम्बन्धि विवाद समाधान गर्ने योजना सुनाउनु भयो । उहाँले सो आयोजनाको काम समयमै सक्ने गरी विद्यमान विवाद समाधान गर्न समितिले उपसमिति समेत गठन गरेको पनि स्मरण गराउनु भयो ।समितिकी अर्का सदस्य इन्दुकुमारी शर्माले पनि सम्बन्धित पक्षसँग छलफल गरी सो आयोजना निर्माणमा देखिएको जग्गाको मुआब्जा वितरणको समस्या समाधान गर्न समक्ष हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘जनसरोकारको विषयलाई सम्बोधन गरेर सो आयोजनाको कामलाई अगाडि बढाउने काममा समिति अन्तरगतको उपसमिति समक्ष हुनेछ ।’

स्थलगत अनुगमनका क्रममा आयोजनाका प्रमुख नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेलले आयोजनाको प्रवेश मार्गको कामलाई अघि बढाउन खोकना र बुङमतीमा जग्गाको मुआब्जा सम्बन्धि विवाद देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पहल गरिदिन समितिका सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले सो क्षेत्रको १६५ रोपनी जग्गाको मुआब्जा कम भयो भनेर स्थानीयले भनेपछि आयोजनाको शुन्यदेखि साँढे ३ किलोमिटर क्षेत्रको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नु भयो ।आयोजनाले हालसम्म १६ प्रतिशत काम सम्पन्न गरिएको पनि जनाएको छ । आयोजना प्रमुख पोखरेलले आयोजनाको कामलाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । त्यसका लागि विभिन्न चरणमा ठेक्का सम्झौंता हुने कामलाई तीव्रता दिइएको पनि उहाँको भनाई छ ।विक्रम संवत २०८१ साल पौैष मसान्त भित्र  सम्पन्न गरिसक्ने गरी सो राष्ट्रिय गौरवको आयोजनाको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । करिव १ खर्व ७५ अर्व लागत लाग्ने अनुमान गरिएको सो आयोजनाको कामलाई अघि बढाउन ललितपुरस्थित खोकना र बुङमतीको जग्गाको मुआब्जाको समस्या तत्काल समाधान हुनुपर्ने आयोजनाको माग छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...