काठमाण्डौ, 31 मे 2021
काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किनुभएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँ ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बस्नुभएको थियो । २४ दिनपछि हिजो आइतबार परिक्षण गर्दा उहाँको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किनुभएको हो ।
कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो समस्या नदेखिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने । डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ । दुख्ने, पोल्ने घटीबढी केही छैन ।’ उहाँले , ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’
युथ फर नेशनलले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताउनुभयो ।









































