HomeFeatureकाठमाण्डौँ उपत्यकाको विद्युत वितरण प्रणालीमा प्रयोग गरिएका तारहरुलाई भूमिगत बनाउने काम सुरु

काठमाण्डौँ उपत्यकाको विद्युत वितरण प्रणालीमा प्रयोग गरिएका तारहरुलाई भूमिगत बनाउने काम सुरु

काठमाण्डौ, 17 फरवरी 2020

काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु गरिएको छ। काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो। पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतका विद्युतीय तारहरुलाई भूमिगत बनाउने काम सोमबार महाराजगञ्जबाट सुरु गरिएको हो। प्रधानमन्त्री ओलीले विद्युतीय वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यलाई ‘विकासको तिब्र गति ’ भनी टिप्पणी गर्नुभयो। उच्चप्रविधियुक्त नया कामको थालनि भएको र त्यो कामका लागि काम नभई नया काम भएको भन्दै उहाँले यसले काठमाण्डौको सौन्र्दय बढाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले निर्धारित समयमा काम सम्पन्न गर्न पनि ठेकेदार कम्पनिलाई निर्देशन दिनुभयो। समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र पुरा नगर्नेलाई दण्डित गर्ने कामको सुरुवात भईसकेकाले विगतको जस्तो ढिलासुस्ती गर्ने प्रवृति दोहोरिन नहुनेमा उहाँले सचेत गराउनुभयो।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले उज्यालोलाई विश्वासिलो र भरपर्दो बनाउने नयाँ चुनौति संगै नया कामको सुरुवात भएको बताउनुभयो। विद्युत् वितरण क्षेत्र र आधुनिकीकरणमा यसलाई विश्वसनिय र भरपर्दो बनाउने काममा भूमिगत तार व्यवस्थापन प्रणाली महत्वपुर्ण रहेको बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिरङले विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणालाई साकार पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भूमिगत कार्य गर्दा परम्परागत प्रविधि नभई होरिजेन्टल डाईरेक्सन ड्रिलिङ प्रविधि प्रयोग गरिने जानकारी दिनुभयो। उहाँले सडकमा सवारी साधनको आवागमन र पैदलयात्रुलाई असर नपर्ने गरी रातको समयमा काम गरिने र सो क्रममा क्षतिग्रस्त भएको सडक १० दिन भित्र मर्मत गरिसकिने बताउनुभयो।

प्राधिकरणका अनुसार पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गंगबू, सामाखुसी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी , चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिंङ हस्पिटल लगायतका स्थानहरुमा करिब २ सय ५० किलोमिटर ११ हजार भोल्टेलको भूमिगत तार विछ्याईने छ। त्यसैगरी ४ सय भोल्टेजका ४ सय किलोमिटर अप्टिल फाइबर भूमिगत विछ्याईने छ।

त्यसैगरी रत्नपार्क वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु रत्नपार्क, बागबजार, पुलतीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नयाँ बजार लगायत स्थानहरुमा करिब २ सय किलोमिटर ११ हजार भोल्टेजको भूमिगत लाईन तथा करिब ४ सय किलोमिटर ४ सय भोल्टेजको भूमिगत लाईन निर्माणको साथै करिब २ सय किलोमिटर अप्टिकल फाईबर भूमिगत विछ्याईने छ।

विद्युत्को तारसंगै अप्टिकल फाइबर पनि बिछ्याइने भएकाले इन्टरनेट, दुरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले पनि सो अप्टिकल फाइबर प्रयोग गर्न सक्नेछन्।

दोश्रो चरणमा काठमाण्डौका बाँकी स्थानहरुमा अप्टिकल फाईबर भूमिगत विछ्याईनेछ। भक्तपुर तथा ललितपुरमा पनि भूमिगत तार विछ्याउनका लागि खरिद प्रक्रिया अघि बढाईएको छ।

उपत्यकाबाहिर कास्की जिल्लाके पोखरा महानगरपालिका तथा चितवनको भरतपुर महनगरपालिकाका मुख्य सडकहरुमा समेत विद्युत् वितरण प्रणाली भूमिगत गर्नका लागि अध्ययन गरी ठेक्का सम्झौता भई ठेकेदारबाट कार्य प्रारम्भ पनि भईसकेको छ। विद्युत् प्राधिकरणले देशै भरको थ्री फेज ग्राहकहरुको मिटर एक बर्ष भित्र स्मार्ट मिटरमा प्रतिस्थापन गर्ने बताएको छ। आगामी दिनमा क्रमैसंग मुलुकभरका ग्राहहरुके घरमा स्मार्ट मीटर जडान गरिने पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...