काठमाडौं,१७ फरवरी, २०२०
नायिका वर्षा राउतले ८ महिनापछि दुई चलचित्र साइन गरेकी छिन् । अर्को चलचित्रका लागि कुरा भैरहेको छ ।
‘मलाई चलचित्र साइन नगर्दा धेरैले चलचित्र नै नपाएको भनेर लेख्नुभयो’, उनले भनेकी छिन्, ‘कतिपय मिडियामा त वर्षालाई बिहे फापेन भनेर पनि समाचार आयो ।’ उनले भनेकी छिन्, ‘यसैले, बिहे फापेन भन्नेहरुका लागि मैले दुई चलचित्र साइन गरेकी हुँ ।’
वर्षाले आफूलाई बिहे फापेको पनि स्पष्ट पारिन् । बिहेपछि नायिका राउतका २ चलचित्र रिलिज भैसकेका छन् । उनले नायक विपिन कार्की भएकै कारण ‘के घर के डेरा’ साइन नगरेको बताइन् ।
वर्षाले भनिन्, ‘विपिन भएकै कारण म हुने हो भने त, माघ २४ गते मेरै चलचित्र रिलिज हुन्थ्यो होला नी ।’ नायिका राउतले चलचित्र ‘२ नम्बरी’मा पनि काम गर्दै्छिन् ।
नायिका राउत र नायक कार्कीले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । ‘के घर के डेरा’ उनीहरूले काम गर्न लागेको चौथो चलचित्र हो ।









































