अफगानिस्तान, 27 अगस्त 2021
अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विष्फोट हुँदा 1 सय भन्दा धेरैको मृत्यु भएको छ। बिष्फोटमा सयौ जना घाईते भएका छन भने सो बिष्फोट काबुल स्थित अन्तररास्ट्रिय बिमान स्थल नजिक भएको हो। संचारमाध्यमका अनुसार आत्मघाती बम बिष्फोटमा 13 अमेरिकी सेना र अन्य 90 जना अफगानि नागरिक रहेको बताईएको छ। बिष्फोट भन्दा पहिले अन्धाधुन्ध गोली आक्रमण पनि भएको थियो । सो विस्फोटको जिम्मेवारी आतंकवादी संगठन आईएसआई –k ले लिएको छ। लगभग दुई हप्ता अघि तालिवानले काबुल कब्जा गरेका थिए । घट्ना पछि अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले काबुल विमानस्थलमा आक्रमण हुनुभन्दा पहिला नै सबै अष्ट्रेलियाली सैनिक फिर्ता आइसकेको र अब उद्धार कार्य जारी राख्नु सुरक्षित नहुने बताउनुभएको थियो । यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताउनुभएको छ। बेलायतले पनि आफ्नो मिशन जारी रहने बताएको छ। बिहीबार काबुल विमानस्थलमा भएको आक्रमणपछि न्युजिल्याण्ड र क्यानडासहितका मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने आफ्नो मिसन जारी रहने बताउनुभएको छ । अमेरिकाले अफगानिस्तानबाट एक लाखभन्दा धेरै मानिसको उद्धार गरिसकेको छ ।









































