काठमाण्डौ, 13 अगस्त 2021
कायम मुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार जंगी अड्डास्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएको छ।









































