HomeFeatureकार्यक्रम निर्माण गर्दा कानूनी तथा नीतिगत पक्षको पूर्वतयारी गर्न महिला समितिलाई निर्देशन

कार्यक्रम निर्माण गर्दा कानूनी तथा नीतिगत पक्षको पूर्वतयारी गर्न महिला समितिलाई निर्देशन

काठमाण्डौ,6 अप्रैल 2021

संसदको महिला तथा समाजिक समितिले वार्षिक कार्यक्रम निर्माण गर्दा कानूनी तथा नीतिगत पक्षहरुमा पूर्वतयारी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालयका लागि बजेट समयमै निकासा हुने भएपनि कार्यक्रम कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समयलाग्ने गरेको देखिएकाले कार्यक्रम निर्माण गर्दा नै कानूनी तथा नीतिगत पक्षहरुमा पूर्वतयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति निरुदेवी पालले बैठकका निर्णय सुनाउँदै भन्नुभयो वार्षिक कार्यक्रम स्वीकृत गर्नुपूर्व नै उक्त कार्यक्रम कति परिणामदायी छ, कार्यक्रमको विस्तार, कभरेजको सम्भावना एवं आवश्यकताको प्राथमिकता अनिवार्य रुपमा पहिचान गर्नुपर्दछ । त्यसैगरी कार्यक्रम कार्यान्वयनको लागि कार्यप्रक्रियाको स्पष्टता समेत यकिन गरिनु पर्दछ। बजेट समयमा नै निकासा हुने भएपनि कार्यक्रम कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समय लागिरहेको देखिएको छ जसले गर्दा लक्ष्य अनुरुप कार्यान्वयनको लागि चुनौति सिर्जना भएको देखिन्छ । तसर्थ आगामी वर्षको लागि वार्षिक कार्यक्रम तयार गर्दा हरेक कार्यक्रमको लागि कार्यसम्पादन गर्ने ढाँचा, सोको विद्यमान संरचनाको अवस्था, कानूनी तथा नीतिगत पक्षहरुको पूर्व विश्लेषण सहितको पूर्व तयारी अनिवार्य रुपमा गर्न गराउन समिति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गर्दछ ।

समितिले वार्षिक रुपमा सम्पादित कार्यक्रमको उपलब्धि वा सिर्जित अवस्थाको मापन अनिवार्य गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै प्रत्येक स्वीकृत कार्यक्रम कार्यान्वयन पछि प्राप्त भएको परिणाम अनिवार्य रुपमा मापन गरी सोको प्रतिवेदन सार्वजनिक गर्न पनि सभापति पालले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो अल्पकालिन कार्यक्रम जस्तो दिर्घकालिन कार्यक्रमको प्रतिफल परिणाम मापन गर्न सहज नहुने, परिणाममा नगई गुणमा आउने परिवर्तन मापन अझै कठिन हुने भएतापनि वार्षिक रुपमा सम्पादित कार्यक्रमको उपलब्धी वा सिर्जित अवस्थाको मापन अनिवार्य गरिनुपर्दछ। अन्यथा लाभ लागत एवं प्राप्त उपलब्धीको परिणाम पहिचान गर्न समेत सकिदैन तसर्थ प्रत्येक स्वीकृत कार्यक्रम कार्यान्वयन पश्चात प्राप्त परिणाम अनिवार्य रुपमा मापन गर्न र सोको प्रतिवेदन अनिवार्य रुपले सार्वजनिक गर्न समिति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गर्दछ ।

मन्त्रालयको पूँजीगत खर्च र कार्यगत खर्च बढाउने गरी कार्यक्रम तयार गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

सभापति पालले भन्नुभयो मन्त्रालयको हाल सम्मको पूँजीगत एवं कार्यक्रमगत खर्च धेरै नै न्यून देखिएकोले सुधार गर्न अपेक्षाकृत खर्च हुन नसक्नुमा संरचनागत, समन्वयगत एवं कार्यविधिगत समस्या देखिएको र यी समस्याहरु नयाँ नभएर पुरानै रहेका एवं समाधानका लागि हुनुपर्ने जति पहल समेत नभएको तर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको छ । संरचनागत, समन्वयगत एवं कार्यविधिगत समस्याहरुलाई यथासिघ्र समाधान गर्न कार्यान्वयनमा रहेका कार्यक्रमहरुको नियमित अनुगमन, मुल्याङ्कन एवं पृष्ठपोषण गर्न समेत समिति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मनत्रालयलाई निर्देशन गर्दछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...