HomeFeatureकालीगण्डकीको देवशिला अयोध्यामा 

कालीगण्डकीको देवशिला अयोध्यामा 

दिल्ली, 2 फरवरी 2023

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच देवशिला हस्तान्तरण गरिएको छ । जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पूर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ नेपालका चालक कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट देवशिला श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री निधिले अयोध्यामा निर्माण भइरहेको  राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाइएको जानकारी दिए ।

अयोध्यामा तीन दशकको विवाद अन्त्य भएर राम मन्दिर बन्दै गर्दा केही वर्षअघि रामको जन्म नेपालमै भएको भनेर गरेको दाबीले दुईदेशको सम्बन्धमा देखिएको समस्या पनि यसले समाधान गरेको निधिले तर्क गरे ।

गण्डकी प्रदेशको १० लाख आर्थिक सहयोगमा कालीगण्डकीको देवशिला जानकी मन्दिर हुँदै अयोध्या ल्याइएको बताउँदै उनले यसले जनकपुर र अयोध्याबीच मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाल भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको बताए ।

गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो ।

त्यसपछि पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले कालीगण्डकी नदीबाट शिला निकाल्नेदेखि धनुषा पुर्‍याउँदा सम्मको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको र सोहीअनुसार प्रदेश सरकारले शिला खोज्न, उत्खनन गर्न र ढुवानीका लागि भन्दै ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।

म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीबाट १६ र १८ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाई र ३.५ फिट मोटाइका दुईवटा शिला पहिचान गरेर तीन वटा ढुंगाको उमेर एक हजार वर्ष भन्दा पूरानो भएको अध्ययन गरेर पठाइएको थियो ।

यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...