नयाँ दिल्ली, 18 सेप्टेम्बर 2020
भारतमा यतिबेला रोजगारीका लागि गएका नेपालीहरुको आत्महत्या गर्ने क्रम बढेको छ । पछिल्लो 1 सातामा मात्रै भारतका विभिन्न शहरमा 5 जनाले आत्महत्या गरेका छन । पछिल्लो एक सातामा भारतको चेन्नई, मुम्बई, र गोवामा एक-एक जना अनि बेङ्गलोर 2 जना नेपालीले आत्महत्या गरेका हुन । चेन्नईमा आज 1 जनाले आत्महत्या गरेसँगै एक हप्तामा आत्महत्या गर्नेहरुको संख्या 5 पुगेको हो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अध्यक्ष महेन्द्र बस्यालका अनुसार आज चेन्नईको ताम्बाराममा बागलुङको जैमिनी नगरपालिका वाड नंबर ८ छिस्ती ढावाका स्थायी वासिन्दा बुद्धि प्रसाद क्षेत्रीले आत्महत्या गरेका छन । चेन्नईको ताम्बारामस्थित सिंगापुर सेन्ट्रीङ ट्रेनीङ सेन्टरमा काम गर्दै आएका 50 वर्षका क्षेत्रीले विहान 5 बजेर 15 मिनेटमा काम गर्ने स्थानमै पासो लगाएर आत्महत्या गरेका हुन । बुद्धि प्रसाद क्षेत्री सो कलेजमा 10 वर्षदेखि कार्यरत थिए। प्रवन्धकसित सामान्य मनमुटाव भएपपछि उनले आत्महत्या गरेको अनुमान गरिएको छ । बुद्धि प्रसाद क्षेत्रीका 3 वटा छोराछोरी र श्रीमती छन । उनि काम गर्ने कलेजका मालिकले केही आर्थिक सहयोग गर्ने आश्वासन दिएको मूल प्रवाहले जनाएको छ । योसँगै पछिल्लो 6 महिनामा चेन्नईमा आत्महत्या गर्ने नेपालीको संख्या 10 पुगेको छ ।
कहाँ क-कसले गरे आत्महत्या ?
4 सेप्टेम्बरका दिन, चेन्नईको किल्पाकमा तुलसीपुर नगरपालिका वाड नं १६ मानपुर, दाङका स्थायी बासिन्दा कल्लु चौधरीका छोरा सन्तोष चौधरीले आत्महत्या गरेका थिए । 9 सेप्टेम्बरका दिन, बेङ्गलोरमा पछिल्लो 1 वर्षदेखि रहँदै आएका सुर्खेत पञ्चपुरी नगरपालिका वार्ड नम्बर 8 का बिमल मगरले आत्महत्या गरेका थिए । 16 सेप्टेम्बरका दिन, बेङ्गलोरको इलेक्ट्रोनिक सिटीमा डडेल्धुरा जिल्लाको जोगबुडा स्थायी घर भएकी 24 वर्षीया शान्ता महताले आत्महत्या गरेकी थिइन । 16 सेप्टेम्बरमा गोवामा दाङको बबई गाँउपालिका वडा नं ६ पंचकुले कट्कुयाका नारायण देवकोटाले आत्महत्या गरेका थिए । 17 सेप्टेम्बरमा मुम्बईमा अर्घाखाँचीका भोजबहादुर थापाले आत्महत्या गरेका छन ।
यसअघि गत तीजका बेला चेन्नईको 2 छुट्टा छुट्टै स्थानमा एक पुरुष र एक महिला गरि 2 जनाले आत्महत्या गरेका थिए ।









































