HomeFeatureकुनै कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइए कम्पनी नै खारेज गर्नुपर्ने उद्योग समितिको...

कुनै कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइए कम्पनी नै खारेज गर्नुपर्ने उद्योग समितिको सुझाव

काठमाडौं , 18 सेप्टेम्बर 2020

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्धारा गठित उपसमितिले वस्तुको प्रत्यक्ष विक्री सम्बन्धी व्यवस्था विपरित कुनै कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइए कम्पनी नै खारेज गरी कारबाही गर्नुपर्ने सुझाव दिएको छ । पछिल्लो समय वस्तुको प्रत्यक्ष विक्री सम्बन्धी ऐन आइसकेपछि केही कम्पनीहरुले नेटवर्किङ सरह सञ्चालन गरेको भन्दै समितिमा उजुरी परेको थियो । त्यसपछि समितिले ‘वस्तुको प्रत्यक्ष विक्री सम्बन्धी उपसमिति’ गठन गरी अध्ययन गरेको थियो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिका संयोजक सांसद सोमप्रसाद पाण्डेले वस्तुको प्रत्यक्ष विक्री भनेको नेटवर्किङ व्यवसाय हो भन्ने बुझ्न नहुने र कसैले त्यो ढंगले कम्पनी सञ्चालन गरे उक्त कम्पनी नै खारेज गर्नुपर्ने सुझाव प्रतिवेदनमा रहेको बताउनुभयो । उहाँले ऐन बनिसकेपछि कसैलाई व्यवसाय गर्न पाउदैनौ भन्न नहुने तर ऐनको परिधिमा अथवा अरु खालको गलत ढंगले व्याख्या गरी नेटवर्किङ व्यवसाय गर्ने कार्यलाई छुट दिन नहुने बताउनुभयो । कुनैपनि वस्तुमा नेपाली कच्चा पदार्थ प्रयोग गर्नैपर्ने ऐनको सोचलाई लागू गर्ने गरी सुझाव पेस गरिएको पनि पाण्डेले बताउनुभयो । केही वर्ष अघि नेटवर्किङ व्यवसाय गरी कारबाही भोगेका व्यक्तिहरु संलग्न भई यस्तो व्यवसाय गर्न लाइसेन्स प्राप्त गरेकाले जनमानसमा आशंका उत्पन्न भएको पनि उहाँले बताउनुभयो ।

बैठकमा विज्ञ सदस्य डिमप्रसाद पौडेलले इजाजत प्राप्त गरेका ७ वटा कम्पनीहरुले कानून विपरित कुनैपनि कारोबार गर्ने गराउने अवस्था नदेखिएको बताउनुभयो । तर यस सम्बन्धमा विभागले अझबढी स्पस्टसँग मापदण्ड तयार गर्नुपर्नेमा भने पौडेलले जोड दिनुभयो । उहाँले वस्तुको वितरण कसरी गर्ने, कार्य सञ्चालन कसरी गर्ने र पिरामिड सैली हुँदैन भन्ने निश्चित गर्ने लगायतका विषयमा मापदण्ड तयार पार्नुपर्ने बताउनुभयो । ऐन र व्यवसायको मनसाय राम्रो भएपनि हिजोको दिनमा नेटवर्किङ व्यवसाय गर्दै आएका व्यक्तिहरुले नै जोड दिएर कानून आएको र लाइसेन्स पाउने कम्पनीहरुको सञ्चालक पनि उनीहरुनै भएकोले आशंका उत्पन्न भएको बताउनुभयो । उहाँले उपसमितिले दिएको सुझाव लागू भएपछि नेपाली जनता ठगिने सम्भावना नरहने स्पस्ट पार्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ आर्यालले नेटवर्क जन्य कारोबार गर्ने कुनैपनि व्यवायीलाई कारबाही गरिने बताउनुभयो । उहाँले वस्तुको प्रत्यक्ष विक्री गर्ने ऐन २०७४ र नियमावली २०७६ का विभिन्न दफाहरुको प्रावधानबाट पिरामिड सैलीको रुपमा जानसक्छ भन्ने उपसमितिको सुझावलाई अझ स्पस्ट पार्न आग्रह गर्नुभयो । उहाँले अहिले विभिन्न प्रावधान पुरा नगरिकन कम्पनी दर्ता गर्न दिइयो भन्ने कुरामा सत्यता नरहेको पनि स्पस्ट पार्नुभयो । लाइसेन्स पाएर काम गरिरहेका कम्पनीको नियमनका लागि कार्यन्वयनकारी योजना बनाएर कार्यान्वयनमा लगिने पनि सचिव अर्यालले बताउनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिले सूचना प्रणालीको विकास भइनसकेकाले अनुगमनमा केही समस्या र चुनौति देखापरेको बताउनुभयो । दर्ता नभएका तर प्रत्यक्ष विक्रीमा देखिने खालका कम्पनीहरुको सूची नै तयार पारेर कारबाही सुरु गरिएको पनि उहाँले बताउनुभयो । हालसम्म त्यस्ता कम्पनीहरु ३० वटा भेटीएको र अझै बढी त्यस्ता कम्पनी हुन सक्ने अनुमान विभागले गरेको पनि सुवेदीले बताउनुभयो ।

पछिल्लो समय वस्तुको प्रत्यक्ष विक्री सम्बन्धमा बनेको ऐनमा व्यवस्था भएको मापदण्ड पुरा नगरेकालाई लाइसेन्स दिइएको र नेटवर्किङ व्यवसाय सञ्चालन गर्न अनुमति दिएको आरोप विभागमाथि पनि लागेको थियो । तर विभागले लाइसेन्स दिएका सात वटै कम्पनी ऐन अनुसार नै रहेको तर यस अघि नेटवर्किङ व्यसायमा संलग्न केही व्यक्तिहरु त्यस्ता कम्पनीमा रहेकाले नेटवर्किङ व्यवसाय सञ्चालन हुने सम्बन्धमा जनमानसमा आशंका देखिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...