HomeFeatureकृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन सक्दैन: विश्वप्रकाश...

कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन सक्दैन: विश्वप्रकाश शर्मा

काठमाण्डौ,2 अप्रैल 2021

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासिले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताउनुभएको छ। मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइ पुर्याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने बताउनुभयो। उहाँले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासिले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो एउटा विकासको परियोजना ऐतिहासिक रुपमा यसरी सम्पन्न हुँदै गर्दाखेरी, यसलाई गौरवका साथ लिदै गर्दाखेरी कसैको पनि आलोचना गरिरहने भन्दापनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो। न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिस्र्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरुले बिर्सिनुभयो होला तर उपत्यकाबासी कसैलेपनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामर्थ्यको पुष्टि भएको पनि बताउनुभयो। यसले आगामी दिनमा नविन परियोजना तर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने बताउनुभयो । नेपाली काँग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...