Homeबिबिध+साहित्यकृष्ण प्रधानका दुइवटा नाट्य कृति "सिंङ साँडे" र "ओभानो सिउँदो" को लोकार्पण

कृष्ण प्रधानका दुइवटा नाट्य कृति “सिंङ साँडे” र “ओभानो सिउँदो” को लोकार्पण

सिलगढी, 4 जनवरी/ रुबेन गुरुङ

हाम्रो पहल, अन्तर्राष्ट्रिय नेपाली मासिक जर्नलको प्रतिष्ठा दिवस 2020, को उपलक्ष्यमा कृष्ण प्रधानका दुइवटा नाट्य कृति “सिंङ साँडे” र “ओभानो सिउँदो” को लोकार्पण गरियो।

सिलगढी महानन्द पूल मन्तिर, गुरूङ नगर अवस्थित आर्य समाज मन्दिर भवनमा लोकार्पित समारोहको अध्यक्षता साहित्यिक पत्रकार युवराज काफ्लेद्वारा गरिएको थियो।

प्रमुख अतिथिका रुपमा समीक्षाकार डा. जस योञ्जन “प्यासी”थिए भने विशिष्ट अतिथिगणमा, नन्द हाङ्गखिम, टङ्क शर्मा, पारस कार्की, नगेन्द्र गोर्खा, गजलगो मीरा पोख्रेल, पी. अर्जुन, पूर्ण गुरूङ “निपरूपम” उपस्थित थिए। कालुसिंह रणपहेंलीद्वारा लेखक कृष्ण प्रधानज्युको परिचय। गोमा सुब्बा प्रधानद्वारा  सञ्चालन गरिएको समारोहमा सोनु राईले रमाइला गीत गाएर उपस्थित दर्शक साहित्य प्रेमीहरूलाई मनोरञ्जन दिइन् ।

डा. दीपक सुवेदीद्वारा नाटक “सिंङ साँडे” को समीक्षा अनि नाटककार ध्रुव लोहागणद्वारा “ओभानो सिउँदो ” को समीक्षा प्रस्तुत गरिएको। कृतिकार कृष्ण प्रधानले भने, मलाई हाई स्कूलमा मेरा गुरूजी स्व. रामलाल अधिकारीले नाटक लेख्न लगाउँथे, मैले जानी नजानी लेख्न थालें। यसरी मलाई  नाटक लेख्ने बानी परेको हो। तर लेखेर पनि थुप्रै नाटक अभ्यास (रिहर्सल) गरेर पनि विभिन्न वाधाहरू आउँदा मञ्चन गर्न नपाएकोले दु:खी रहेको बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...