HomeFeatureकेपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्याः पुष्पकमल दाहाल प्रचण्ड

केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्याः पुष्पकमल दाहाल प्रचण्ड

काठमाण्डौ, 18 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकिरकरणका बेला गरिएका सहमतीमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ । काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दाखेरी तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताउनुभएको हो । उहाँले पार्टीभित्र व्यक्तिगत र पदको लागि संघर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतीको संघर्ष भएको बताउनुभयो । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान अनुरुप चले नचलको हेरेर को सहि र को गलत छुट्याउन उहाँले कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा गरेको सहमती, समझदारी तथा निर्णयहरुको अतिक्रमण गरेपछि पार्टीमा समस्या शुरु हुन थालेको उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भएपनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रीत गर्ने मनशाय मात्रै भएको जिकिर गर्नुभयो । ओलीले सबै सहमती किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उहाँको भनाई छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकोले आफुहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उहाँले आफुहरु जनताको अदालतमा जाने उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आन्दोलनलाई निरन्तरता दिने बताउनुभयो । माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उहाँले कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...