HomeFeatureकेपी ओली र नरेन्द्र मोदी भिडियो कन्फ्रेन्सनमा जोडिदैँछन् किन ?

केपी ओली र नरेन्द्र मोदी भिडियो कन्फ्रेन्सनमा जोडिदैँछन् किन ?

नयाँ दिल्ली , १७ जनवरी २०२०

नेपाल र भारतका दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्सबाट हस्तान्तरण कार्यक्रममा सहभागी हुने छन् । भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ । काठमाडौँ सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फ्रेन्समा जोडिने छन् ।

कार्यालयका अनुसार २१ जनवरी (७ माघ)मा कार्यक्रमको तयारी भइरहेको छ । भारतले नुवाकोट र गोरखामा कूल ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको छ । ती घर हस्तान्तरणका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले जानकारी दिए ।

आइसीपीको औपचारिक उद्घाटनका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिनेछन् । सोही बेला भारतीय सहयोगमा निर्माण गरिएका घरको हस्तान्तरण समेत हुनेछ ।

भारतले सहयोग गरेका निजी आवास पुनर्नर्माणको काम ९० प्रतिशतभन्दा माथि पुगेका कारण घर हस्तान्तरण गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीहरुसँगको भेटमा समेत यो सन्दर्भ उल्लेख गरेका थिए ।

‘गोरखामा भारतीय सहयोगमा बनाएका घरहरुको हस्तान्तरण गर्दैछौं, यहाँ सिंहदरबारबाट मैले र दिल्लीबाट मोदीजीले उद्घाटन गर्दैछौं,’ उनले भनेको थिए ।

भारतीय सहयोगमा गोरखामा मात्र २७ हजार घरको पुनर्निर्माण भएको छ । निजी आवास पुनर्निर्माणतर्फ भारत सरकारले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...