कैलाली, 30 अक्तूबर 2021
शुक्रबार राति टीकापुर नगरपालिका-८ कालीमाटीमा सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको जनाए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा एसपी अधिकारीका अनुसार शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चक्कु प्रहार गरेर फरार भएका किरणलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।









































