HomeFeatureकोभिड-१९ बाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या...

कोभिड-१९ बाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुग्यो

काठमाडौं,15 सेप्टेम्बर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८६ वर्षिया महिला तथा ३४, ९६ र ६६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सिराहामा ३५ वर्षिया, बारामा ५५ वर्षिया र रुपन्देहीमा ६४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षिय, बारामा ५५ वर्षिय, मकवानपुरमा ६१ वर्षिय र कपिलवस्तुमा ५८ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

आज थप १ हजार ६२ जना डिस्चार्ज भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको छ । आज देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण भएकोमा ५६ हजार ७ सय ८८ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन। यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...