HomeFeatureकोभिड-१९ बाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ३...

कोभिड-१९ बाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या ३ सय पुग्यो,

काठमाडौं,14 सेप्टेम्बर

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३ सय पुगेको हो । आज देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा नेपालमा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आज पीसीआर विधिबाट ९ हजार २ सय १८ परीक्षण भएको छ। आजसम्म देशभरी संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३१, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा ४ हजार ८ सय ४० र गण्डकी प्रदेशमा ८ सय ३६ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ४७ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना संक्रमित उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार, बागमती प्रदेशमा २ हजार ३ सय ३४ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन । यस्तै प्रदेश ५ मा ८ सय ७, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा 1 सय १९ जना गरी देशभरी होम आइसालेसनमा ७ हजार १ सय ९० जना संक्रमित उपचाररत रहेका छन । आज आइसियुमा १ सय ७१ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २० जना संक्रमित उपचाररत रहेका छन। आज १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन। प्रदेश नम्बर १ मा २ हजार ६ सय ७९, प्रदेश नम्बर २ मा ८ हजार ७ सय ९७, बागमती प्रदेशमा ४ हजार १ सय ५० र गण्डकी प्रदेशमा १ हजार ८ सय ४१ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश ५ मा ५ हजार ४ सय ८१, कर्णाली प्रदेशमा २ हजार ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ३ सय ८० गरी देशभरी ३० हजार ६ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।आज क्वारेन्टिनमा ४ हजार ७ सय ३९ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...