HomeFeatureकोरोनाको कारण आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने सहासिक खेलहरु पनि ठप्प

कोरोनाको कारण आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने सहासिक खेलहरु पनि ठप्प

काठमाडौं, 25 अगस्त 2020

सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ। मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, ऱ्याफ्टिङ,  बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्व भर चिनाएको छ। आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका व्यवसायी यति बेला कोरोनाको चपेटामा परेका छन्। जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ। म्याराथन, बन्जीजम्प, प्याराग्लाइडिङ जस्ता सहासिक खेल अहिले कोरोना कारण रोकिँदा यी व्यवसायलाई रोजी रोटी खोसिए झै भएको छ। ती मध्येको हावामा चरा जस्तै भएर उड्दै अनुभव लिन सक्ने प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ। तर यो व्यवसाय कोरोनाका कारण ठप्प छ। पोखरामा १४ वर्ष देखी प्याराग्लाइडिङ व्यवसाय गर्दै आएका प्याराग्लाडिङ व्यवसायी चीनबहादुर बानियाँले कोरोनाले पेशा नै संकटमा परेको बताउनुभयो । बानियाँले प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि बैंक ऋणमा सवारीसाधन लिनुभएको थियो। यस्तै केही होटलसँग समेत सहकार्य गर्नुभएको थियो। तर अहिले सवारी साधनको किस्ता बुझाउन समस्या त भएको छ नै होटलसँगको सहकार्य पनि पातलिएको छ।

यसबाहेक व्यवसाय सञ्चालनका लागि लिएको घर भाडा तिर्न पनि समस्या भएको गुनासो बानियाँले गर्नुभयो। नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाडौं म्याराथन, आदि  प्रतियोगिताले विश्वमा चर्चा बटुल्ने गरेका छन। तर अहिले यस्ता दौडका साथ बन्जीजम्प, साइकिलिङ जस्ता अन्य सहासिक खेल कोरोनका कारण आयोजना हुन सकेका छैनन। विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे। अनि नेपालको सन्देश विश्वभर फैलिन्थ्यो । तर अहिले समय ठीक उल्टो भएको छ । प्रतियोगिता हुन सकेका छैनन। नेपालको पहिचान दिलाउने यस्ता खाले कार्यक्रमलाई सरकारी तवरबाट नै पहल गर्नु पर्ने कति पय सरोकावालाले बताउँदै आएका छन। विश्वका धेरै देशले साहसिक खेललाई आयको स्रोत बनाउँदा रोजगारी, उद्योग र पर्यटनले देशको कोल्टे फेरेको धेरै उदहारण छन। त्यसैले व्यवसायीलाई राहत र सहुलियत सरकारले दिनु पर्ने पो हो की ?

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...