HomeFeatureकोरोना कहरकाबिच पनि कैलालीको घोडाघोडी तालमा पर्यटकहरू भित्रिदैं

कोरोना कहरकाबिच पनि कैलालीको घोडाघोडी तालमा पर्यटकहरू भित्रिदैं

काठमाडौं, 25 सेप्टेम्बर 2020

विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्धन हुन थालेको छ। घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन। कोरोना कहरकाबिच पनि अहिले दैनिक रूपमा १ सय बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरी रहेका छन। विश्व रामसार सूचिमा सूचीकृत नेपालको ताल मध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो। पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्ने मध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन। नाम मात्र सुनेका पर्यटकहरूको ध्यान पनि यो तालले खिचेको हुन्छ ।करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुईसय ४८ हेक्टर क्षेत्रफल जमिन पर्दछ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । तालक्षेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल  र मन्दिरको अवलोकन दर्शन गर्नका लागी ठुलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताउनुभयो ।

घोडाघोडी घुमघाम गर्नको लागी पर्यटकहरूलाई कुनै असुविधा हुँदैन। घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु सञ्चालनमा छन। गाउँको परिवेशमा होमस्टेमा बस्न चाहाने पर्यटकहरूका लागी माघी गाउँमा होमस्टे सञ्चालनमा छ। घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्वद्धनका लागी घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ । यो क्षेत्रमा बढी भन्दा बढी पर्यटकहरू भित्राउन नगरपालिकाले गुरुयोजना तयार गरेको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले बताउनुभयो। घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन् । त्यस्तै रैथाने प्रजातिका दर्जनौँ माछाहरू, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल बनेको रहेछ घोडाघोडी ताल । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइन्छ । घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घस्रिने जन्तुहरू, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेका छन् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...