HomeFeatureकोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा शनिवारदेखि जोर बिजोर प्रणाली लागू

कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा शनिवारदेखि जोर बिजोर प्रणाली लागू

काठमाडौं, 21 जनवरी 2022

काठमाडौं उपत्यकामा शनिवारदेखि जोर बिजोरमा सवारी साधन संचालन हुने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि जोर बिजोर प्रणाली लागू गरेको हो ।  सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत यो नियम लागू हुने प्रशासनले जनाएको छ । यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्नेबारे मात्र उल्लेख थियो । अत्यावश्यक काम बाहेकका सवारीमा जोरबिजोर लागू हुने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाले जोरबिजोर प्रणालीको निरन्तर अनुगमन गरिने बताउनुभयो । परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउने प्रशासन कार्यालयले जनाएको छ । पत्रकारको हकमा भने सूचना तथा प्रशारण विभागले जारी गरेको परिचयपत्र बाहकले जोर बिजोरमा आधारित नभइ सवारीसाधन चलाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...