HomeFeatureकोरोना पुष्टि भए बीमाङ्कको २५% राहत रकम दिने गरि कोरोना बीमा संशोधन

कोरोना पुष्टि भए बीमाङ्कको २५% राहत रकम दिने गरि कोरोना बीमा संशोधन

काठमाडौं,15 सेप्टेम्बर 2020

बीमा समितिले बीमितलाई कोभिड-१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन गरेको छ। समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा गरेको बीमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमाङ्क रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताउनुभयो । त्यसबाहेक अस्पतालमा बस्नु परेको खण्डमा भने राहत रकम सहित बिल भर्पाईको आधारमा थप ७५ प्रतिशत सम्म भुक्तानी दिइने अध्यक्ष चापागाईंले बताउनुभयो । उहाँले भदौ २८ गते सम्मका बीमितको हकमा पुरानै व्यवस्था लागू हुने र भदौ २९ गते पछि बीमा गरेका बीमितकोलागि मात्रै यो व्यवस्था लागू हुने पनि स्पस्ट पार्नुभयो । कोरोना बीमाको पुरानै व्यवस्था सहित स्वास्थ्य बीमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो । यस्तै समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएका प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड-१९ संक्रमण पुष्टि भए बिमाङ्क रकम भुक्तानी गर्ने व्यवस्था गरिएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो । उहाँले पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको र विभिन्न विज्ञहरुको सुझावका आधारमा बीमा मापदण्ड संशोधन गरी समयसापेक्ष बनाइएको स्पस्ट पार्नुभयो ।

संशोधित व्यवस्था अनुसार बीमितले एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहत स्वरुप २५ हजार रुपैयाँ पाउने छ। तर अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भपाई पेश गरेको खण्डमा थप ७५ हजार रुपैयाँ सम्म भुक्तानी हुने छ । ५० हजार बीमाङ्क रकम भएको पोलिसि खरिद गरेको संक्रमित व्यक्तिले भने राहत स्वस्प १२ हजार ५ सय रुपैयाँ पाउने छ भने बाँकी अस्पतालको बिल भर्पाई अनुसार ३७ हजार ५ सय रुपैयाँ सम्म पाउने छ । बीमा समितिले एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख रुपौयाँ बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको पोलिसि लागू गरेको छ। जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम भएको थियो । त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिएको अवस्थामा सामूहिक रुपमा परिवारको बीमा गर्दा एक लाख रुपैयाँ बीमाङ्कका लागि प्रति व्यक्ति ३ सय रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कका लागि प्रति व्यक्ति १ सय ५० रुपैयाँ तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...