HomeFeatureकोरोना भाइरसबाट थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय ७...

कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय ७ पुग्यो

काठमाडौं,17 अगस्त 2020

कोरोना भाइरस (कोभिड-१९) बाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहत, मोरङ र काठमाडौंमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ। आज देशभरी ५ सय ८१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा १ सय ७३ जना महिला र ४ सय ८ जना पुरुषमा संक्रमण देखिएको हो । आज उपत्यकामा १ सय ६८ जना संक्रमित देखिएका छन। जसमध्ये काठमाडौंमा १ सय ९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । देशभरीका आइसियुमा १ सय १३ जना उपचाररत रहेका छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

आज देशभरीका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन । जसमा प्रदेश नम्बर १ मा ९ सय १०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ६७, बागमती प्रदेशमा २ हजार २ सय १८ र गण्डकी प्रदेशमा २ सय ९७ जना आइलोसेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९९ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ३८ जना संक्रमित उपचाररत रहेका छन। यस्तै प्रदेश नम्बर १ मा १ सय २२, प्रदेश नम्बर २ मा २ हजार १ सय ७० र बागमती प्रदेशमा १ सय ११ होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८५, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ गरी २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन । आज १ सय ६० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन। प्रदेश नम्बर १ मा १ हजार १ सय १२, प्रदेश नम्बर २ मा ३ हजार ७ सय १०, बागमती प्रदेशमा ७ सय २ र गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ४ सय ९५ जना संक्रमित डिस्चार्ज भएका छन । क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ३ सय २०, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा १ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ३१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार १ सय ७, कर्णाली प्रदेशमा ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...