बांँके, 6 मार्च 2020/ हिम शाह
सामाजिक सन्जाल फेसबुकमार्फत कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि गलत भ्रामक समाचार सम्प्रेषण गर्ने एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ । कैलालीको गोदावरी नगरपालिका ७ घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका बाँके गाउँ डेरा गरि बस्ने बर्ष २९ को चक्र खडायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले फेसबुक मार्फत कोरोना भाइरस सम्बन्धि गलत भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा बिहिवार नियन्त्रणमा लिएको थियो । यद्दपी उनले माफी माग्दै आगामी दिनमा गलत प्रचार नगर्ने भनेपछि उनलाई परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।









































