HomeFeatureकोरोना भाइरस भनेको के हो ? कसरी बच्ने ?

कोरोना भाइरस भनेको के हो ? कसरी बच्ने ?

 

नयाँ दिल्ली, २५ जनवरी
हङकङबाट स्वदेश फर्किएका अर्का एक बिरामीलाई कोरोना भाइरसको आशंकामा चिकित्सकले प्रत्यक्ष निगरानीमा राखेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘एकजनालाई अब्जरभेसनमा राखिएको छ । हङकङबाट आएको हुनाले जोखिम छ कि भनेर निगरानीमा राखिएको हो ।

उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका केही लक्षण देखिएको छैन ।’ ती बिरामीलाई ग्रान्डी इन्टरनेसनल अस्पतालले रेफर गरेको थियो । ती बिरामीको थप निदानका लागि नमुना पठाइने डा। पाण्डेले बताए । उनले भने, ‘नमुना परीक्षणका लागि जतिसक्दो छिटो बाहिर पठाउँछौं ।’

सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको छ । विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता वृद्धि गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले तीन चिकित्सक, तीन नर्ससहित ८ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बता । विमानस्थलमा स्वास्थ्य जाँचका लागि ५ वटा उपकरण जडान गरिएको छ ।

ज्वरो आएका बिरामीको पहिचान गरी तोकिएको अस्पतालमा लैजाने व्यवस्था गरिएको छ। डब्लूएचओको प्राविधिक सहयोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट बनाएको छ। यसमा बिरामीको पहिचान, उपचार विधि र शंकास्पद बिरामीले अपनाउनुपर्ने सावधानीबारे उल्लेख छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाइएको बताए । उनका अनुसार विमानस्थलमा थर्मल स्क्यानर जडान गरिएको छ ।

यो नयाँ प्रजातिको भाइरस हो। यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ। कोरोना भाइरस मानिस र पशुमा संक्रमण हुन्छ । जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन ।

मानिसमा कसरी यो भाइरसबाट संक्रमित भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ। सन् २००३ मा देखिएको सार्स र नोबेल कोरोना एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन् ।

नोबेल कोरोना भाइरस मानिसबीच सर्न सक्छ भनेर पुष्टि भएको छैन। यस विषयमा अनुसन्धान भइरहेको छ । यो भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा यकिन छैन। तथापि रुघाखोकी र श्वासप्रश्वासका बिरामीको नजिक नजाने र हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ । यस भाइरसले गर्दा हुने रोगको खास उपचार छैन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...