नयाँ दिल्ली डेस्क, 15 अप्रेल
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। वैश्विक चुनौतीको रूपमा देखिएको कोरोना भाइरस (कोभिड-19) का कारण अहिले सम्म 1 लाख 28 हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 20 लाख 17 हजार 174 पुगेको छ। 4 लाख 92 हजार 19 जना उपचारपछि ठिक भएर घर फर्किएका छन्। कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 26 हजार 64 जनाको ज्यान गएको छ भने संक्रमितको संख्या 6 लाख 14 हजार 246 जना रहेका छन्। अमेरिका पछि इटालीमा सबैभन्दा बढी 21 हजार 67 जनाको ज्यान गएको छ। त्यहाँ 1 लाख 62 हजार 488 जनामा संक्रमणको पुष्टि भएको छ। स्पेनमा अहिलेसम्म 18 हजार 579 जनाले ज्यान गुमाएका छन्, भने त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 77 हजार 633 पुगेको छ। चीनमा संक्रमितहरूको संख्या 82 हजार 295 पुगेको छ। 3 हजार 342 जनाले ज्यान गुमाएका छन्। भने 77 हजार 816 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढ्दो क्रममा छ। भारतमा अहिलेसम्म 11 हजार 555 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या 396 पुगेको छ। भारतमा उपचारपछि 1362 जना सञ्चो भएर घर फर्किएका छन्।
त्यसैगरी नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 16 पुगेको छ। 1 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन् भने 15 जनाको उपचार चलिरहेको छ।









































