HomeFeatureकोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि भारत सरकारको प्रयास जारी, सम्पूर्ण विमानका यात्रुहरुको...

कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि भारत सरकारको प्रयास जारी, सम्पूर्ण विमानका यात्रुहरुको परीक्षण हुने

नयाँ दिल्ली, 4 मार्च

भारत सरकारले कोविड-19 को प्रकोपलाई ध्यानमा राख्दै देशका सबै विमानस्थलमा विदेशबाट आउने विमानका यात्रुहरुको जाँच गर्ने निर्णय गरेको छ । त्यसैगरि सरकारले दिल्ली सरकारका सम्पूर्ण अस्पतालहरुलाई पनि कोरोना संक्रमण भएका विरामीहरुलाई छुट्टै राख्ने सुविधा सुनिश्चित गर्न निर्देश गरेको छ । आज नयाँ दिल्लीमा कोरोना रोकथाम सम्बन्धि भएको एक उच्च-स्तरीय समीक्षा बैठकपछि केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले देशमा अहिलेसम्म कोविड-19 भाइरस संक्रमणको 28 मामिला देखिएको बताउनुभयो । ती मध्ये 16 जना ईटलीका नागरिक र एक भारतीय ड्राइवर चालित बाहेक एक दिल्लीमा, 6 जना आगरामा, 1 जना तेलंगानामा र 3 घटना केरलमा रहेको छ । त्यस मध्ये केरलका 3 विरामीहरुको अवस्था ठीक भइसकेको छ । स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीका मुख्य सचिवले पनि यस मामिलाको निरन्तर समीक्षा गरिरहेको बताउनु भएको छ । डाक्टर हर्षवर्धनले नोभल कोरोना भाईरसको जाँचका लागि 15 प्रयोगशालाहरु स्थापित गरिएको र 19 अन्य प्रयोगशालाहरु पनि छिट्टै संचालित गरिने बताउनुभयो । उहाँले ईरानबाट फर्किने भारतीयहरुको जाँच त्यही गर्ने व्यवस्था मिलाउन ईरान सरकारसित अनुमति मागेको बताउनुभयो । स्वास्थ्यमन्त्रीले वैज्ञानिकहरुलाई भाईरसको जाँचका लागि ईरान पठाइएको बताउनुभयो । यसैबिच प्रधानमन्त्री नरेन्‍द्र मोदीले विश्वभरका विशेषज्ञहरुलाई कोविड-19 को संक्रमणलाई रोक्न मानिसहरुको भेला हुने कार्यक्रमको आयोजना नगर्न सुझाव दिँदै यस वर्ष कुनै पनि होली मिलन कार्यक्रममा भाग नलिने फैसला गर्नु भएको छ । त्यसैगरि भारतीय जनता पार्टीका अध्‍यक्ष जगत प्रकाश नड्डा र गृहमन्त्री अमित शाहले पनि होली मिलन समारोहमा उपस्थित नहुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...