HomeFeatureकोरोना भाईरसको प्रभाव डलरमा– नेपाली रुपैयाँ इतिहासकै कमजोर

कोरोना भाईरसको प्रभाव डलरमा– नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं, २० मार्च, २०२०
नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय २० रुपैयाँ २८ पैसा बिक्रीदर तोकेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । अमेरिकी डलरको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको छ ।

अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ भने इतिहासकै कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

एक वर्षको अवधिमा नेपाली अमेरिकी डलरबाट १० रुपैयाँभन्दा धेरैले बढेको छ । आजभन्दा ठ्याक्कै एक वर्ष अघि २० मार्च २०१९ मा एक अमेरिकी डलर खरिदका लागि ११० रुपैयाँ ६६ पैसामात्रै तिर्नु पर्थो । अहिले भाउँ बढेर १२० रुपैयाँ माथि पुगेको हो ।

कोरोना भाइरसको असर यतिबेला विश्व अर्थतन्त्रमा नै असर परेको छ । हालै एशियाली विकास बैंकले सार्वजनिक गरेको रिपोर्टले कोरोनाका कारण विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा ०.४ प्रतिशतसम्म असर पार्ने देखाएको छ । कोरोनाले ३ खर्ब ४७ अर्ब डलरसम्म विश्व अर्थतन्त्रमा असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।

जीडीपमा असर पर्ने त पक्का छदैछ, के अहिले डलर महंगिदै जानुका कारण पनि कोरोना नै हो त ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट कच्चा पेट्रोलियम पदार्थको माग कम हुँदाको असर अमेरिकी डलरमा परेको बताउछन् ।

पेट्रलियम पदार्थको पदार्थको माग कम भएसँगै अहिले मूल्य पनि घटेको छ । यसको कारण कोरोना नै भएको डा. भट्टले जानकारी दिए । कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएसँगै यस क्षेत्रका लगानीकर्ताहरुले डलरमा लगानी गर्न शुरु गरेको उनले बताए ।

लगानीकर्ताले डलरलाई विस्वास गरेका कारण वलियो भएको उनले बताए । ‘कोरोना भाइरसका कारण प्रोजेक्टहरु बन्द हुँदा पेट्रोलको माग घट्यो, माग घटेपछि मूल्य घट्ने भइहाल्यो’ उनले भने, ‘जसका कारण लगानीकर्ताहरुले प्रतिफल राम्रो आउने भन्दै डलरमा लगानी गरे, यसले डलर बलियो बन्दैछ ।’

लगानीकर्ताहरुले पेट्रोलियममा भन्दा धेरै डलरमै लगानी सुरक्षित हुने देखेको उनले बताए । पेट्रोलियमको तुलनामा अमेरिकी अर्थतन्त्रप्रति अन्तर्रा्ष्ट्रिय लगानीकर्ताहरुको कन्फिडेन्स बढेको उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...