दार्जीलिङ, 18 मार्च 2020/ कयेश अंसारी
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ टाउन कमिटिले आज गाडी चालकहरूलाई कोविड-19 बारे जानकारी दिँदै मास्क र जानकारीमुलक लिपलेट वितरण गरेको छ। पछिल्लो सयम पहाडमा कोरोना भाईरस नियन्त्रणको लागि विभिन्न कदमहरू चाल्दै आएको गोरामुमो दार्जीलिङ टाउन कमिटीले गोरामुमो सामाजिक सेवा अभियानअन्तर्गत सिलिगुडीबाट आउने गाडीका चालकहरूलाई कोरोना भाईरसबाट बच्न र अरूलाई पनि बचाउन अपनाउनु पर्ने सावधानी बारे जनचेतना फैलाउँदै मास्क र लिपलेट वितरण गरेको हो।

गोरामुमो दार्जीलिङ टाउन कमिटी अध्यक्ष रोबर्ट छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जीलिङदेखि अगाडि बतासे, घुम तथा जोरबङ्लोमा विशेष गरी सिलिगुडीबाट आउने गाडीका चालकहरूलाई जनचेतना फैलाउँदै मास्क र लिपलेट वितरण गरिएको बताउनुभयो।










































