नयाण दिल्ली, 13 मार्च 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाईरसको निप्टानको लागि सार्क देशका नेताहरूले बलियो रणनीति तयार गर्नुपर्ने बताउनुभएको छ। उहाँले सार्कका सबै सदस्य राष्ट्रका नागरिकहरूलाई स्वस्थ राख्न यी देशका नेताहरूले भिडियो कन्फ्रेन्सीङ्गको माध्यमबाट विचार-विमर्श गर्नुपर्ने बताउनुभयो।
प्रधानमन्त्री मोदीले आज कैयौँ ट्वीट सन्देशहरूमा सार्क देशका सबै सदस्य राष्ट्रहरू एकजुट भएर विश्वको लागि मिसाल पेश गर्ने सक्ने र विश्वलाई स्वास्थ्य राख्नमा योगदान गर्न सक्ने बताउनुभयो।
उहाँले आज विश्व कोविड-19 संक्रमणबाट निप्टिन लागि परेको बताउँदै र यसको लागि सरकार तथा मानिसहरूले योगदान दिइरहेको बताउनुभयो।









































