HomeFeatureसिलगढीमा साहित्यकार पारिजातको ८४ औं जयन्ती पालन, शोभायात्रा पनि निकालियो

सिलगढीमा साहित्यकार पारिजातको ८४ औं जयन्ती पालन, शोभायात्रा पनि निकालियो

सिलगढी, 13 मार्च 2020, रुबेन गुरुङ

दार्जीलिङ नजिक सिलगढीमा सञ्चालित पारिजात संघको आयोजनामा साहित्यकार पारिजातको ८४ औं जन्मजयन्ती भव्यरुपमा पालन गरिएको छ। यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा पश्चिम बंगाल राज्यका पर्यटनमन्त्री गौतम देव उपस्थित रहनुभएको थियो। सिलगढीमा साहित्यकार पारिजातको ८४ औं जन्म जयन्ती पालना भव्यरुपमा पालन गरिएको छ ।  सिलगढीमा सञ्चालित पारिजात संघको आयोजनामा सिलगढीभरीका विभिन्न संगठनहरूलाई लिएर आयोजना समिति गठन गरिएको थियो । आज बिहान सेभोक रोड अवस्थित पायल सिनेमा प्रांगणबाट शोभायात्रा प्रारम्भ गरी पारिजात मोडमा पुगेर समापन गरियो । त्यसपछि सबैले पारिजातको शालिकमा माल्यार्पण गरेका थिए। यस वर्षदेखि साहित्यकार पारिजातको जन्मजयन्तीमा पनि शोभा यात्राको आयोजना गरिएको हो। जुन विश्वमा नै पहिलो भएको दावी पारिजात संघका महासचिव राजेश छेत्रीले गर्नुभयो।

पूर्व एडीएम गोपाल लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पश्चिम बङ्गाल राज्यका पर्यटनमन्त्री गौतम देव उपस्थित हुनुहुन्थ्यो। अन्य अतिथिहरूमा वार्ड कमिश्नर दिलीप सिंह,  पूर्व सांसद समन पाठक, वरिष्ठ सङ्गीतकार अशोक राई, साहित्यकार भानु प्रकाश मार्मिक, दैनिक हिमालय दर्पणका प्रधान सम्पादक शिबु छेत्री, ग्राम पञ्चायत सदस्य मेनुका लामा, गायिका निलामणि थापा अनि अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कृष्ण गुरूङद्वारा सञ्चालित कार्यक्रममा बरिष्ठ सङ्गीतकार अशोक राईले पारिजातसितका रमाईला स्मरण उपस्थित भेलासित साझा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...