5 सितंबर 2022
क्यानडाको सास्काचेवान प्रान्तमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ । छुरा प्रहार हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने घटनामा १५ जना घाइते भएका छन्। पक्राउ परेका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार संदिग्धहरुको नाम डेमन स्यान्डरसन र माइल्स स्यान्डरसन रहेको छ । घाइते सबैलाई विभिन्न अस्पतालमा भर्ना गरिएको एक प्रहरी अधिकारीले बताए । घाइतेको संख्या बढ्न सक्छ । केही घाइते आफैँ अस्पताल पुगेका हुनसक्ने अनुमान गरिएको छ ।









































