HomeFeatureक्यान्सर पीडितलाई नेविसंघको आर्थिक सहयोग

क्यान्सर पीडितलाई नेविसंघको आर्थिक सहयोग

काठमाडौं, 23 अगस्त 2021

नेपाल विद्यार्थी संघले अर्घाखाँची निवासी बोनम्यारो क्यान्सरबाट पीडित भई उपचाररत गणेश खनाललाई आर्थिक सहयोग गरेको छ । दुर्गा भवानी उच्च माध्यामिक विद्यालय सैनामैना १ रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत अर्घाखाँचीका गणेश खनाल बोनम्यारो क्यान्सरको उपचार गराइरहेकोमा भक्तपुर क्यान्सर अस्पताल पुगेर नेपाल विद्यार्थी संघले २ लाख ७ हजार ३४७ रुपैयाँ आर्थिक सहयोग गरेको हो । हाल अष्ट्रेलियामा रहनुभएका नेविसंघसँग आवद्ध प्रशान्तजंग कुँवर लगायतका नेविसंघका विद्यार्थीहरुले संकलन गरेर पठाउनुभएको रकम नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बिरामीको आमा शान्ता खनाललाई हस्तान्तरण गर्नुभएको हो । आमा खनालले छोरोको उपचार अस्पतालमा भइरहेको भन्दै उपचारका लागि लाग्ने रकम अभाव भएको बताउनुभयो । नेविसंघ पूर्व महामन्त्री काफ्लेले बिरामीको उपचारका लागि अस्पतालसँग आफुहरुले कुरा गरेर सहजीकरण गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...