HomeFeatureखाना खुवाउने अभियानमा शहरी विकास राज्यमन्त्री मानन्धर

खाना खुवाउने अभियानमा शहरी विकास राज्यमन्त्री मानन्धर

काठमाण्डौँ, 1 मे

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नम्बर 16 मा खाना खुवाउने अभियान जारी छ। लकडाउनका कारण नागार्जुन नगरपालिका र महानगरको वडा नम्बर 16 मा खाना नपाएका नागरिकहरुलाई खाना खुवाउने अभियान जारी रहेको छ। स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पुऱ्याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताउनुभयो।

नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरक्षेत्रका 10 वटै वडामा पहिलो चरणमा खाद्य सामग्री वितरण गरिएपनि दैनिक राहत बाँड्न समस्या भएकाले अहिले मेसबाट खाना खुवाइरहेको बताउनुभयो। सानो भऱ्याङ लगायतका ठाउँमा बेलुकीको समयमा पनि खाना खुवाइरहेको उहाँले बताउनुभयो।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लक डाउन गरेको छ। लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र विभिन्न शहरमा कोठामा भाडामा बस्ने विद्यार्थीहरु समस्यामा परेका छन्। विभिन्न स्थानीय तहहरुले अहिले आफ्नो क्षेत्रमा रहेका नागरिकहरुलाई राहत वितरण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...