HomeFeatureखेलकुद क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने: बस्नेत

खेलकुद क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने: बस्नेत

काठमाडौं, 8 फरवरी 2022

नेपाल खेलकुद महासङ्घका संयोजक पर्शुराम बस्नेतले खेलकुदको क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने बताउनुभएको छ । मंगलबार काठमाडौंमा पदबहाली गर्दै बस्नेतले खेल क्षेत्रलाई सुधार गर्नुपर्ने भन्दै यसका लागि नीति निर्माण गर्न पहलकदमी लिने बताउनुभएको हो ।उहाले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने बताउनुभयो । त्यस्तै महासंघको अधिवेशनमा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने उहाले जानकारी दिनुभयो । सो अवसरमा यसअघिका संयोजक रमेश पौडेलले पद हस्तान्तरण गर्नुभएको थियो । एमाले केन्द्रीय सदस्य मनोनित भएपछि संयोजकको जिम्मेवारी बस्नेतले पाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...