HomeFeatureखेलाडीलाई कोरोना खोप

खेलाडीलाई कोरोना खोप

काठमाडौं, 10 अगस्त, 2021

अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी यति वेला खेलकुदका प्रतियोगिता आयोजना हुन सक्दा फुर्सदिला छन् । तिनै खेलाडीले घरेलु अभ्यासबाट आफूलाई फिट राख्न प्रयास गरिरहेका छन् । केही खेलाडीले आफ्नै पहलमा खोप लगाइसकेका छन् भने केही खोप पाउने आशामा रहेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समन्वय गरेर अहिले सम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको राखेपले बताएको छ । सरकारले अग्रपंत्तिमा कार्यरतलाई कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराईसकेको छ । त्यसपछि वृद्धवृद्धलाई खोप दिइएको छ । विभिन्न क्षेत्र एवं संघ संस्था एवं कर्मचारीले समेत खोप लगाईसकेको छन् । राष्ट्रका गहना भनिएका खेलाडीको हकमा पनि अधिकांश खेलकुदकर्मीले राष्ट्रिय खेलकद परिषदको समन्वयमा लगाइसकेको राखेपले जनाएको छ । राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सय भन्दा बढस् खेलाडीले खोप लगाएको राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख कुलबहादुर थापाले बताए ।राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ । पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन् । जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए । अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिए ।कोरोनाविरुद्धको खोपबाट अहिले सम्म ७ सय भन्दा बढि खेलकुदसँग जोडिएका पदाधिकार र खेलाडीले लगाइसकेका छन् । तत्कालै आयोजना हुने खेलका लागि पहिलो प्राथमिकता दिइएको छ भने बाँकी खेलका पदाधिकारीले पनि लगाइसकेको राखेपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...