नयाँ दिल्ली 24 जनवरी 2020
ब्राजीलका राष्ट्रपति जाइर मेसियस बोलसोनारो 4 दिने भारत भ्रमणको लागि नयाँ दिल्ली पुग्नुभएको छ। विदेश राज्यमन्त्री डी. मुरलीधरनले वायुसेनाको हवाई अड्डा पालममा उहाँको स्वागत गर्नुभयो। ब्राजीलका राष्ट्रपति आईतबार गणतन्त्र दिवस परेड समारोहमा मुख्य अतिथि हुनुहुन्छ।
उहाँले भोली राष्ट्रपति रामनाथ कोविन्दसंग भेटघाट गर्नुहुनेछ। राष्ट्रपति कोविन्दले उहाँले सम्मानमा भोज दिनुहुनेछ। ब्राजीलका राष्ट्रपति बोलसोनारोले भोली प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेटघाट गर्नुहुनेछ। यसपश्चात् कैयौँ सम्झौताहरूमा हस्ताक्षर पनि गरिनेछ। राष्ट्रपति बोलसोनारोको पहिलो भारत भ्रमणमा 8 मन्त्रीहरू, ब्राजील संसदका 4 सदस्यहरू, वरिष्ठ अधिकारीहरू तथा एउटा व्यापारीहरूको शिष्टमण्डल पनि आएको छ।









































