HomeFeatureभारतद्वारा न्यूजिल्याण्ड 6 विकेटले पराजित, 5 म्याचको टी-20 क्रिकेट श्रृङ्खलामा भारतको 1-0-ले...

भारतद्वारा न्यूजिल्याण्ड 6 विकेटले पराजित, 5 म्याचको टी-20 क्रिकेट श्रृङ्खलामा भारतको 1-0-ले अग्रता

नयाँ दिल्ली, 24 जनवरी 2020

भारतले न्यूजिल्याण्ड विरुद्धको पहिलो टी-20 म्याच 6 विकेटले जितेको छ। अकल्याण्डमा घरेलु टोलीले दिएको 204 रनको लक्ष्य भारतले 4 विकेटको क्षतिमा 19 ओभरमा भेट्टायो। भारतको जितमा म्यान अफ द म्याच घोषित भएका श्रेयस ऐयरले सर्वाधिक 58 रनको योगदान गरे। पहिला ब्याटिङ्ग गर्ने  निम्तो घरेलु टोलीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनाएको थियो। न्यूजिल्याण्डका लागि कोलिन मुन्रो, केन विलियम्सन र टिम सिफर्ट-ले अर्धशतकीय पारी खेले। बलिङतर्फ भारतका जसप्रित बुमराह, शार्दुल ठाकुर,  युजवेन्द्र चाहल,  शिवम दुवे र रविन्द्र जडेजाले समान 1/1  विकेट लिए।

जवाफी ब्याटिङ गरेको भारतका ऐयरका अतिरिक्त लोकेश राहुलले 56 र कप्तान विराट कोहलीले 45 रन बनाए। न्युजिल्याण्डको तर्फबाट इस सोधीले दुई तथा ब्लेइर टिक्नर र मिचेल सान्टनरले समान 1/1  विकेट लिए।

जितसँगै भारतले 5 म्याचको श्रृङ्खलामा 1-0-को अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...