गाजाको सीमाबाट ३ किमि भित्रसम्म पुगे इजरायली ट्यांक
काठमाडौं, 30 अक्टोबर 2023
इजरायली ट्यांक गाजाको बाहिरी क्षेत्रमा प्रवेश गरेका छन्। तिनले गाजा सहरको उत्तर–दक्षिण सडक सलाह अल दिन स्ट्रिट अवरुद्ध गरेको जनाइएको छ।
सो स्थान गाजाको सीमबाट ३ किलोमिटर भित्र पर्ने बताइएको छ। उक्त क्षेत्रमा भीषण भिडन्त भइरहेको छ।
‘उनीहरुले सलाह अल दिन सडक रोकेका छन् र त्यहाँबाट जाने जुनसुकै सवारीमा गोली हानिरहेका छन्,’ गाजाका एक बासिन्दाको भनाइ एएफपीले उधृत गरेको छ। दक्षिणी गाजामा पनि इजरायलले बमबारी जारी राखेको बताइएको छ।









































