HomeFeatureगुटबन्दीका कारण पार्टी कमजोर भएको : प्रदिप पौडेल

गुटबन्दीका कारण पार्टी कमजोर भएको : प्रदिप पौडेल

रामेछाप , १८ जनवरी २०२०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस बलियो प्रतिपक्षी बन्न नसक्नुको कारण पार्टीभीत्रको गुटबन्दी भएको बताएका छन् । गुटबन्दीका कारण पार्टी कमजोर भएको छ त्यसकारण एकजुट हुनपर्ने आग्रह गरेका छन् ।

‘कांग्रेसका नेता कुनै एक गुटको अभिभावक भएर अहिलेको कम्युनिस्टविरुद्ध लड्न सकिँदैन,’ प्रेस युनियन रामेछापले शनिबार मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, ‘कम्युनिस्टविरुद्ध लड्ने हो भने पहिले पार्टीलाई बलियो बनाउनुपर्छ ।’

अहिलेको सरकार इतिहासकै भ्रष्ट भएको दाबी पनि उनले गरे । ‘सरकारले भ्रष्टाचारलाई संस्थागत रूपमै सरक्षण गरेको छ,’ नेता पौडेलले भने ।

सरकारले बहुमतको डण्डा लगाएर संविधानलाई लत्याउने काम गरेको भन्दै उनले सरकारी रवैयाप्रति आक्रोसमेत पोखे । नागरिकको स्वतन्त्रता खोस्ने गरी तयार पारिएको सूचना प्रविधि विधेयक त्यसकै कडी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...