गोरखा,३ मार्च, २०२०
गोरखा जिल्लामा एक घरधनीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने एक समूहलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ ।
माघ २५, २६ र फागुन ८ गते गोरखाका विभिन्न ठाउँमा चोरीमा संलग्नलाई कावासोती नगरपालिका ३ को सङ्गम चोकबाट गोरखा प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको बारपाक घर भइ चितवनको रत्ननगर नगरपालिका ४ बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुरको रानीबास गाउँपालिका २ का ५३ वर्षीय अमृत राना, बाराको निजगढ गाउँपालिका ७ का ३८ वर्षीय कृष्ण विक र सुनसरीको इटहरी नगरपालिका ४ का ४५ वर्षीय प्रदीप चौधरी रहेका छन् ।
चोरीमा संलग्न समूहले माघ २५ गते गोरखा नगरपालिका ५ नाङलेपानीकी भुवानी आचार्यको घरबाछ सुनको रिङ, तिलहरी, मोबाइल र नगद ४० हजार रुपैयाँ लुटेका थिए ।









































