दार्जीलिङ, 11 मार्च 2020/ सञ्जय निरौला
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शहर समितिको सांगठनिक प्रतिनिधि सभा ग्लेनेरिज रेस्टुरेन्टमा सम्पन्न भएको छ। आज गोरामुमो दार्जीलिङ शाखा समिति अध्यक्ष अजय एड्वर्डको अध्यक्षतामा बसेको सांगठनिक सभालाई मुलसचिव गोपाल परियारले संचालन गर्नुभएको थियो।
सभामा अहिलेसम्म गोरामुमो दार्जीलिङ शहर समितिले के-कस्तो कार्यक्रमहरू गऱ्यो र समितिको आगामी योजनाबारे जानकारी गराइएको छ। सांगठनिक सभामा गोरामुमो केन्द्रीय सदस्य एम. जे. सुब्बा, दार्जिलिङ शाखा समिति अध्यक्ष अजय एड्वर्ड, कार्यकारिणी अध्यक्ष किशोर गुरुङ, शहर समितिका अध्यक्ष रोबर्ट छेत्री उपाध्यक्ष रबि अरोरा, मुल सचिव गोपाल परियार अनि गोरामुमो दार्जीलिङ शहर समितिका सम्पूर्ण सदस्यहरूको उपस्थिती रहेको थियो।









































