दार्जीलिङ, 1 फरवरी 2020/ कयेश अंसारी
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ टाउन कमेटीले गरीब र असहायहरुलाई कम्बल वितरण गरेको छ। कमिटीले गोरामुमो सामाजिक सेवा अभियान अन्तर्गत दार्जीलिङ नगरपालिकाका वडा नम्बर 19, 24, 25 र 26-मा गरीब र असहायहरुलाई दार्जीलिङ दुख निवारक सम्मेलन भवनको मैदानमा कम्बल वितरण गरेको हो।
आज पत्रकारहरुलाई सम्बोधन गर्दै गोरामुमो दार्जीलिङ टाउन कमिटीका मुल सचिव गोपाल परियारले कमिटीले गोरामुमो सामाजिक सेवा अभियान अन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनुभयो। सोही अभियानलाई निरन्तरता दिदैँ आज गरीब तथा असहायहरुलाई कम्बल वितरण गरिएको उहाँले जानकारी दिनुभयो।









































