HomeFeatureनेपालको पर्यटन क्षेत्रमा कोरोना भाइरसको असर

नेपालको पर्यटन क्षेत्रमा कोरोना भाइरसको असर

काठमाडौँ,१ फेब्रुअरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयका सचिव केदार बहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताउनुभएको छ ।

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि नकारात्मक खवरहरुले पर्यटन क्षेत्रलाई असर गरेको गुनासो उहाँले गर्नुभयो । ‘नेपालमा एक जनालाई कोरोना भएको पुष्टि भएको थियो । उहाँ पनि उपचारबाट फर्किनुभएको छ । अन्य ५ जनामा आशंका गरिएको थियो तर सबैमा नेगेटिभ देखियो । नेपालमा कोरोनाको प्रभाव छैन्’, उहाँले भन्नुभयो, ‘तर समाचारमा फलना होटलको यति बुकिङ क्यान्सिल, यति प्रतिशत व्यापार घट्यो भन्ने जस्ता नकारात्मक समाचारले नराम्रो सन्देश गएको छ ।’ समाचारको उद्देश्य राम्रो भएपनि यसबाट पर्यटकहरुमा नेपालमा भ्रमण गर्न सुरक्षीत छैन भन्ने सन्देश जाने उहाँले बताउनुभयो । चीनले समेत वुहानबाहेक अरु ठाउँ सुरक्षीत रहेको र नेपालमा जस्तो पर्यटकको संख्या यतिले घट्यो, आउन छोडे भन्ने खालका समचार नआएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले सहि र तथ्यगत सूचना आदानप्रदान अहिलेको आवश्यकता भएको बताउनुएको छ । सबैमाझ सहि सूचना आदानप्रदान गर्ने र नेपाल नाउ डट ओआरजी नामक वेवसाईटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटकहरु आफैले आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । ‘प्रेस रिलिजले मात्रै अब काम गर्दैन् । विभिन्न ७, ८ वटा जानकारी मूलक सूचनाहरु राखेर इन्फेग्राफिक्स नै प्रकाशनमा ल्याउनुप¥यो । नेपालमा कोरोना भाइरसको खतरा छैन् । चीन र नेपालको दुरी यति हो । जस्ता जानकारी दिने गरी प्रकाशन गर्नुप¥यो ’, उहाँले भन्नुभयो ।
चीनको वुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकहरुमा फैलिसकेको छ । नेपालमा एकजनामा कोरोनाको संक्रमण देखिएपनि उनी उपचारबाट फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत विशेष निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...