दार्जीलिङ/2 मार्च
आईतबार गोर्खा च्यारिटेबल हस्पिटल पोख्रेबुङका कोर्डिनेटर राजेश खवास र सन्जय प्रधानको प्रयासमा एउटा अन्तर्क्रियात्मक सभा साङमा चियाबारी रानीबन पोख्रेबुङ जीपीमा श्री बिरेन स्याङ्बोको अध्यक्षता र समिर बान्तावाको सन्चालनमा सम्पन्न भयो । सभामा सर्वप्रथम अतिथि लाई सम्मान जनाइयो । वक्ताको रूपमा पोख्रेबुङका कोर्डिनेटर राजेश खवासले आफ्नो सम्बोधनमा भने, हामी उपचार गराउन जाँदा सिलगडीमा कसरी ठगिन्छौ र हामीलाई कतिको सिलगडीका धेरै नर्सिङ होमहरू ले ठगेको छ। अब यो गोर्खा च्यारिटेबल हस्पिटल बनिएपछि भने हाम्रो सम्पुर्ण समस्याको निवारण हुने छ ।

प्रमुख बक्ताको रूपमा बोल्दै गोर्खा च्यारिटेबल हस्पिटलका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटल किन आवश्यक छ र यो बनिए हाम्रो गरिब दुःखी मान्छेलाई के कस्तो लाभ हुनेछ र यो हस्पिटलमा के कस्तो खर्च लाग्ने, कस्तो सुबिधा उपलब्ध रहने बारे बिस्तृतमा बताउँदै उक्त हस्पिटल सालबारी र सुकुनाको बीचमा निर्माण हुने पनि बताए । आज सुरेन प्रधान र उनको टोलीमा हरि छेत्री, रोशनी लामा, सन्जय प्रधान, राजेश खवास अनि टर्जमकी कोअर्डिनेटर श्रीमती रजनी सिन्चेउरीको उपस्थित रहेको थियो । सभामा उपस्थित महानुभवले गोर्खा च्यारिटेबल हस्पिटलको सोचलाई सबैले मन पराए । अध्यक्षिय सम्भाषणमा श्री बिरेन स्याङ्बोले यो हस्पिटल को निम्ति साङमाबाट पनि सक्दो सहयोग गर्ने र अरुतिर पनि यसको प्रचारमा पुर्ण सहयोग गर्ने बचन दिए ।









































