काठमाण्डौ, 15 मार्च 2020
नेपाल आयल निगमले प्रतिदिन 1 लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ। कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै 86 बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा 38 वटा बुलेट आउने बताउनुभयो।
ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उहाँको भनाई छ। विपदको समयमा बजारमा कृत्रिम अभावका घटनाहरु हुने गरेको उहाँले स्वीकार गर्नुभयो।









































