HomeFeatureचाँगुनारायण नगरपालिकाको खेल मैदानबाट अवैध रुपमा बालुवा उत्खनन्

चाँगुनारायण नगरपालिकाको खेल मैदानबाट अवैध रुपमा बालुवा उत्खनन्

काठमाण्डौ,1 अप्रैल 2021

चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेकेदार कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित बालुवा उत्खनन गरेको हो। ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता वितरित जमिनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७७ असार १७ गते आगन्जासँग सम्झौता भएको थियो । सो सम्झौता अनुसार ठेकेदार कम्पनीले जमिनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माण जन्य सामाग्रीको उत्खनन् र बिक्रिवितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा जिम्मा पाएको थियो । तर, नगरपालिकासँग भएको सम्झौता विपरित ठेकेदार कम्पनीले बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् । स्थानीयहरुले विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र सो वरिपरि रहेका बस्ती समेत जोखिममा पर्ने गरी सरकारी सम्पत्तीको चोरी निकासी भइरेको आरोप लगाएका छन् ।

चाँगुनारायण नगरपालिकाले पनि ठेक्दार कम्पनी आगन्जाले यसअघि पनि बारम्बार मापदण्ड विपरित बालुवा उत्खनन् गरि बिक्री वितरण गर्दै आएको स्वीकार गरेको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सिद्धान्त न्यौपानेले एक महिना अघि पनि जिल्ला प्रसासन कार्यलय, भक्तपुर मार्फत उक्त कार्य रोक्न निर्देशन दिएको बताउनुभयो । उहाँले सम्झौता भन्दा बाहेक गरिएका कार्य गैरकानूनी भएको भन्दै उक्त कार्य तत्काल रोक लगाउने समेत बताउनुभयो ।

बिहीबार बिहान पनि ठेकेदार कम्पनीले करिब १० ठाउँमा जमिन भन्दा २५÷३० फिट मुनी गएर बालुवा उत्खनन् गरिरहेको थियो । तर स्थानीयको कडा विरोध पछि तत्काल ती स्थानमा डोजर लगाएर सम्याउने काम भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...