HomeFeatureचितवनमा गैंडा मरे, माघमा मात्रै ६ वटा

चितवनमा गैंडा मरे, माघमा मात्रै ६ वटा

चितवन,११ फरवरी, २०२०
चितवन राष्ट्रिय निकुञ्जमा माघ महिनामा मात्रै ६ वटा एकसिंगे गैडा मरेको छ ।

साउनदेखि माघसम्म १६ वटा गैंडा मरेकामा माघमा मात्र ६ वटाको मरेको हो । एउटा गैंडा करेन्ट लागेर मरेको बाहेक बाँकी गैंडा प्राकृतिक कारणबाट मरेको निकुञ्जको भनाइ छ । गत आर्थिक बर्षमा ४३ वटा गैंडाको मृत्यु भएकामा प्राकृतिक कारणले २६ वटा मरेको थियो ।

धेरै गैंडा प्राकृतिक कारणले मरेको भए पनि संख्या भने अस्वाभाविक भएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती बताउँछन् ।

निकुञ्जका अनुसार अधिकांश गैंडाको मृत्युको कारण थाहा भएको छैन । गैंडा जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले हानेर पनि गैंडा मर्ने गरेको रिर्पोट निकुञ्जले तयार गर्दै आएको छ ।

निकुञ्जमा चोरी सिकार झन्डै झण्डै नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको छ । सिमसार र घाँसे मैदान व्यवस्थापनमा ध्यान नदिँदा बर्सेनी गैंडाको अप्राकृतिक मृत्युदर पनि बढिरहेको संरक्षणकर्मी बताउँछन् ।
गैंडा होटलको सेफ्टी ट्याङ्कीमा समेत खसेर मरेको पाइएको छ । जगतपुरको होटल टाइगर ल्याण्डको सेफ्टी ट्यांकीमा एक गैंडा खसेर मरेको थियो । चोरी शिकारीको कारणबाट भने चार बर्षयता गैंडा नमरेको निकुञ्जको दावी छ ।

निकुञ्जमा चोरी सिकार झन्डै झण्डै नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको छ । सिमसार र घाँसे मैदान व्यवस्थापनमा ध्यान नदिँदा बर्सेनी गैंडाको अप्राकृतिक मृत्युदर पनि बढिरहेको संरक्षणकर्मी बताउँछन् । पानीका घोल नहुँदा, ओहोरदोहोर गर्ने बाटो सहज नहुँदा पनि समस्या हुने गरेको छ ।

नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । गणना अनुसार सन् सन् १९९४ मा ४ सय ६६ वटा, सन् २००० मा ५ सय ४४ वटा, सन् २००५ मा ३ सय ७२ वटा, सन् २००८ मा ४०८ वटा र सन् २०११ मा ५ सय ३ वटा गैंडा भेटिएका थिए ।

सन् २०१५ मा गरिएको गणनापछि सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैंडा स्थानान्तरण गरिएको थियो । छिमेकी देश चीनलाई चारवटा गैंडा दिइएको छ । चीनलाई उपहार स्वरूप दिएको एक गैंडा पनि मरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...