HomeFeatureचिनियाँ अध्ययन भन्छ- ‘ब्लड ग्रुप ए’ लाई कोरोनाको संक्रमण बढी

चिनियाँ अध्ययन भन्छ- ‘ब्लड ग्रुप ए’ लाई कोरोनाको संक्रमण बढी

नयाँदिल्ली, १८ मार्च, २०२०
चीनका मेडिकल अनुसन्धानकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक- फरक हुने निष्कर्ष निकालेका छन् ।‘ब्लड ग्रुप ए’ भएका मानिसमा कोरोनाको संक्रमण तीव्र रुपमा हुने सम्भावना देखिएको चीनको नयाँ अध्ययनले जनाएको छ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार कोभिड-१९ को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ। अर्का्तिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ ।

वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा गरिएको उक्त अनुसन्धानका क्रममा २ हजारभन्दा बढी मानिसको रगतको नमूनाको विश्लेषण गरिएको थियो ।

वुहानमा कोरोना भाइरसबाट मृत्यु भएका २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको ए थियो भने ५२ जनाको ओ समूह थियो। अर्थात् ओभन्दा ब्लड ग्रुप ए भएका ६३ प्रतिशत बढी मानिसको मृत्यु भयो । यी मृत्युमा उमेर समूह र व्यक्तिगत स्वास्थ्य अवस्था पनि महत्वपूर्ण अवयव हुन् ।

‘ब्लड ग्रुप एका मानिसहरूले संक्रमण नहोस् भनेर व्यक्तिगत सावधानीमा धेरै नै ध्यान दिनु जरूरी छ,’ उक्त अध्ययनमा लेखिएको छ,‘यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्छ।’

संसारका मानिसहरूको रगत चार समूहमा पर्छ। अष्ट्रियन बायोलोजिस्ट कार्ल ल्यान्डस्टेनरले सन् १९०१ मा मानिसमा ए, बी, एबी र ओ समूहका रगत हुने पत्ता लगाएका थिए।

अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको रक्त समूह ओ छ भने ४१ प्रतिशतको ए छ। १ करोड १० लाख मानिस रहेको वुहानमा रक्त समूह ओ भएका मानिस ३२ र एका ३४ प्रतिशत छन्।

अनुसन्धानकर्ताहरूले अहिलेको अध्ययनले सरकार र स्वास्थ्य संस्थाहरूलाई केही मार्गदर्शन गर्न सक्ने भए पनि यो नै अन्तिम निचोड नभएको बताएका छन्।

यो अध्यनन बेइजिङ, वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन बाँकी छ। अनुसन्धानकर्ताहरूले पनि अहिले नै यसलाई कोरोनाविरूद्धको मार्ग्निर्देशक मान्न नहुनेतर्फ सचेत गराएका छन्। यदि तपाईंको रक्त समूह ए हो भने पनि आत्तिनु पर्दैन किनकी यसको अर्थ तपाईं संक्रमित हुनु नै हुन्छ भन्ने होइन अर्का्तिर तपाईंको शरिरमा ओ समूहको रगत बग्छ भने पनि तपाईं सतप्रतिशत सुरक्षित होइन तपाईंले पनि अरूले जस्तै सावधानीका उपाय अपनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...