HomeFeatureचीनद्वारा तीन अमेरिकी पत्रकारलाई रोक,१० दिनभित्र अनुमतिपत्र फिर्ता गर्न निर्देशन

चीनद्वारा तीन अमेरिकी पत्रकारलाई रोक,१० दिनभित्र अनुमतिपत्र फिर्ता गर्न निर्देशन

बेइजिङ,१८ मार्च, २०२०

चीनले तीन अमेरिकी मिडियाका पत्रकारलाई दिएको अनुमतिपत्र फिर्ता गर्न र देश निकाला गर्ने घोषणा गरेको छ ।

अमेरिका-चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले तीन अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वाशिङ्‍टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्देशन जारी गरेको हो ।

चीनले यसअघि अमेरिकी पत्रकारलाई एक वर्षको भिसा जारी गरेको थियो । चीनको यस्तो निर्णयबाट कति पत्रकार प्रभावित हुन्छन् भन्‍ने यकिन हुन नसकेपनि तीन सञ्‍चामाध्यमहरु भने समस्यामा परेका हुन् ।

मेनल्यान्ड चीनसँगै अर्धस्वायत्त सहर हङकङ र कमाउमा पनि रिपोर्टिङ नगर्न अमेरिकी पत्रकारहरुलाई चेतावनी दिइएको छ ।

यसअघि अमेरिकाले पाँच चिनियाँ सञ्‍चामाध्यमहरुलाई ‘विदेश नियोग’ को संज्ञा दिँदै पत्रकारितासम्बन्धी कार्य गर्न बन्देज गरेको थियो । अमेरिकाको यस्तो निर्णयसँगै पाँचै चिनियाँ सञ्‍चामाध्यमहरुले अमेरिकामा कार्यालय स्थापना गर्न र कर्मचारी राख्‍न अमेरिकाको अनुमति लिनुपर्ने प्रावधान गरिएको थियो ।

मार्च १३ मा अमेरिकी गृहमन्त्रालयले गरेको यस्तो निर्णयले अमेरिकामा रहेका चिनयाँ पत्रकारहरु समस्यामा परेका थिए ।

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्‍वभर आतंक फैलाइरहेको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ लाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएपछि चीन आक्रोशित बनेको थियो । चिनियाँ विदेश मन्त्रलायले मंगलबार ‘चीनलाई आरोप लगाउनुभन्दा पहिले आफ्नो मामिलामा मात्र ध्यान दिन’ चेतावनी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...